Loading...
आइतवार सार्वजनीक बिदा दिने सरकारको तयारी, परिषदले बुझायो ज्ञापनपत्र, नेताहरुले पहल गर्दै

४ दिनको महापर्व छठमा कम्तिमा २ दिन सार्वजनिक विदा दिनुपर्छ भन्दै भनी तराई मधेश राष्ट्रीय परिषदले एक पटक फेरी आवाज उठाएको छ । परिषद को पहलामा राष्ट्रीय पर्व छठको लागि २०७४ सालमा २ दिन सार्वजनिक विदा दिए पनि २०७५/७६ मा उक्त बिदा केपी ओलीको सराकारले काटेको थियो । विदा नदिएकोमा परिषदले पहल गर्दा सार्वजनिक विदा दिने भनी गृह, शहरी विकाश एवं सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णय भए पनि विदा घोषणा नभएकोले र यसपाली छठको साँझको घाट शनिवार परेकोले बिहानको घाट कार्तिक १७ गते आइतबार सार्वजनिक विदा घोषणा गरी आम जनसमुदायलाई हर्षोलासका साथ राष्ट्रीय पर्व छठ मनाउन वातावरण बनाई दिन हुन भनी प्रधान, गृह, उपप्रधान तथा रक्षा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन, र शहरी विकास मन्त्रीको मन्त्रालयमा आज परिषदले ज्ञापन पत्र बुझाएको छ । परिषदले छात पर्वका लागि आ-आफ्नो ठाउँबाट आवश्यक पहल/दबाव बनाई दिन हुन समेत सबै भक्तजनमा अनुरोध गरेको छ । ज्ञापन पत्र बुझे पछि नेताहरुले आइतबार को बिदाका लागि पहल गर्ने बताएका छन् ।

तराई मधेश राष्ट्रीय परिषदका सदस्य आनद गुप्ताले सामाजिक संजाल मा यस्तो लेख्नु भएको छ ।

४ दिनको महापर्व छठमा कम से कम २ दिन सार्वजनिक विदा दिनु पर्छ भनी तराई मधेश राष्ट्रीय परिषदको पहलामा राष्ट्रीय पर्व छठको लागि २०७४ सालमा २ दिन सार्वजनिक विदा दिए पनि २०७५/७६मा विदा नदिएकोमा #TMNC ले पहल गर्दा सार्वजनिक विदा दिने भनी गृह, शहरी विकाश एवं सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णय भए पनि विदा घोषणा नभएकोले र यसपाली छठको साँझको घाट शनिवार परेकोले बिहानको घाट कार्तिक १७ गते आइतबार सार्वजनिक विदा घोषणा गरी आम जनसमुदायलाई हर्षोलासका साथ राष्ट्रीय पर्व छठ मनाउन वातावरण बनाई दिन हुन भनी प्रधान, गृह, उपप्रधान तथा रक्षा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन, र शहरी विकास मन्त्री/मन्त्रालयमा आज निवेदन दिइयो ।आ-आफ्नो ठाउँबाट आवश्यक पहल/दबाव बनाई दिन हुन अनुरोध सहित ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *