Loading...
१२ बुँदे सहमतिपछि कृष्णनगर शान्त, कर्फ्यू कायमै, मूर्ति विर्सजन, शव उठाइयो (सहमति पत्र)

बुटवल । बुधबार साझँदेखि तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर अहिले शान्त बन्दै गएको छ । यद्यपि निषेधाज्ञाभने  अझै पनि कायमै छ । कर्फ्यूका बीच लक्ष्मी माताको मुर्ति गतराति नै शिवनगरस्थित तलाउमा विसर्जन गरिएको छ । सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गत राति करिव २ बजे दुवै पक्षबीच सहमति गरि कडा सुरक्षाका बीच मुर्ति विसर्जन गरिएको छ । प्रहरी प्रमुख राणाका अनुसार १२ बुँदे सहमति भएको छ । सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कारवाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन ले जनाएको छ ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, प्रदेश सभा सदस्य वीरेन्द्र कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको बताइएको छ । उनले दिउँसोसम्म अवस्था हरेर कर्फ्यूको विषयमा निर्णय हुने बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *