Loading...
दुहवीमा सबै जात धर्मले मनाउँने छठ पुजाको तयारी पुरा, यस्तो छ छठको पौराणिक कथा

दुहवीमा छठ पुजाको तयारी पुरा भएको छठ पुजा संस्थापक समितिका रंजित गोश्वामीले जानकारी दिएका छन । उनका अनुसार घाट निर्माण तथा व्यवस्थापनकालागि ७ लाख ५६ हजार अनुमानित खर्च हुँने बताए । दुहवीको बुढीखोलामा शनिवार वेलुकी अस्ताउदो सुर्यलाइ अर्घ दिएपछि रातभर जाग्रम बस्नकालागि मनेरन्जनात्मक कार्यक्रमहरुकोपनि आयोजना गरिने उनले जानकारी दिए । छठ पर्व शुद्धता र पवित्रता तथा प्रकृति पुँजने पर्ब रहेको दुहवी निवासी गोरखापत्रका पूर्व सम्पादक सिताराम अग्रहरीले जनाए । यो मात्र एउटा यस्तो पर्व हो जुन पर्व सबै जात धर्मले आस्था राखि मनाउँने गरेको र निराधार कठोर व्रत वसी चार दिन सम्म छठ पुजाको रौनक हुँने अग्रहरी बताउँछन । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित भएको तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन न सक्ने बताउँदै अग्रहरीले सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको बताए । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको उनको भनाइ
छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । सो पर्व बढी मात्रामा सनातन धर्म मान्नेहरुको पर्ब भनेर बुझिन्थीयो तर आजकल मुस्लीम धर्मालम्बीहरुलेपनि कहि कतै मनाउँने गरेको पाइन्छ । उपत्यकासहित पश्चिम देखि मिथिलाञ्चल लगायत पूर्व क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन शनिवार साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त
गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको
छ । यसैगरि पूर्वको मुख्य शहर तथा गाउँहरुको नदि, नहर,पोखरी तलाउहरुमा आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ अन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । खरनामा नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई
चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *