Loading...
महराका अंगरक्षकले नै दिए यस्तो बयान, महरा पक्का दोषी साबित हुने, महराको बयान बाझियो

काठमाडौँ । यौन काण्डका आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरा गत असोज १२ गते साँझ करिब डेढ घण्टा कहाँ थिए भन्ने गम्भीर प्रश्न खडा भएको छ । सरकारी वकिलको कार्यालयमा दिएको बयान मा महराले आफू त्यसदिन पीडित महिलाको कोठामा नगएको दावी गरेका छन् । तर त्यसदिन सभामुखको सरकारी निवासबाट उनीसँगै सुविधानगर, तीनकुनेसम्म आएका सुरक्षाकर्मीले भने आफूहरुलाई उक्त क्षेत्रको भित्री गल्लीमा लगेर महरा एउटा घरमा प्रवेश गरेको र करिब डेढ घण्टापछि फर्किएको बयान दिएका छन् । महराले त्यसदिन राति करिब ७ बजे आफू पीडित महिलाको कोठा रहेको क्षेत्रमा पुगेको स्वीकार गरे पनि उनको कोठामा नगएको दावी गरेका छन् । तर महराका अंगरक्षकले भने आफूहरुलाई छाडेर महरा करिब डेढ घण्टा बसेर एउटा घरको गेटबाट निस्किएको र त्यसपछि महरासहित आफूहरु सभामुखको सरकारी निवास फर्किएको बताएका छन् । महराका अंगरक्षक काजीरामको भनाइ अनुशार महरा करिब १८ः३० बजेतिर एकछिन बाहिर जानु छ, मसँग हिड्नुस भनेपछि आफूहरु सिल्भर रङको स्कारपियो गाडीमा सभामुख निवासबाट बाहिरिएको थियो । अंगरक्षक काजीराम भन्छन – त्यहाँबाट निस्किदा हामी सबै सादा पोशाकमा थियौं । मा र हवल्दार विष्णुबहादुर थापाले पेस्तोल बोकेका थियौं,’ ,हामी गैरीधारा, नक्साल, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, हुँदै तिनकुने चोकमा पुगी उक्त चोकबाट भित्रीबाटो हुँदै भित्रतिर गएका हौं l काजीरामको भनाइ अनुशार म र महरा गाडीबाट ओर्लियौ ओर्लिएर म सँगै जान खोज्दा मलाई तपाई जान पर्दैन, म आधा घण्टापछि आउँछु, तपाई यतै बस्नु महराले भनेका थिए भनेकाले म र म बाहिरै बसे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *