Loading...
आलम विरुद्ध प्रहरीले तयार पार्यो फरेन्सिक रिपोर्टले देखि गहु बारीमा लुकेर देखेको प्रमाण

१५ कात्तिक, रौतहट । प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा ओसी अख्तरका ससुरा समसुल मियाँको बयानलाई बलियो प्रमाणका रुपमा पेश गरेको छ । विस्फोटमा घाइते भएकाहरुलाई ट्याक्टरमा हालेर इँटा भट्टामा लैजाँदै गरेको गहुँबारीमा लुकेर आफूले हेरेको बताएका छन् । यस्तै अर्को प्रमाण हो घाइते मोहम्मदको बयान । घटनामा परेर जीवित रहेका एक्ला व्यक्ति हुन् । फरेन्सिक रिपोर्टले पनि सफीको छाती र पेटको लागेको घाउ बम विस्फोटबाटै भएको प्रमाणित गरेको छ । उसले उपचार गरेको भारतको बिहारस्थित अस्पतालको रिपोर्ट ल्याइएको छ ।

दुई जनाको बयानसँगै राजपुरका प्रहरी इन्स्पेक्टर इन्द्र सुवेदीलाई हटाउनु र राजीव बस्नेतलाई खटाउनुले पनि घटना भएको पुष्टि गर्छ त्यो कुरा प्रतिवेदनमा उल्लेख छ एक अनुसन्धान अधिकृतले भनेका छन् । घटनापछि स्थलगत अध्ययन गर्न गएको मानवअधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को रिपोर्ट, ना १ त ६४७२ नम्बरको ट्याक्टरलाई पनि प्रमाणका रुपमा पेश गरेको छ । विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टासम्म पुर्‍याउन प्रयोग भएको भनिएको यो ट्याक्टर उक्त समय आलमका भाइ महताब आलमको नाममा दर्ता भएको प्रमाण प्रहरीसँग छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *