
एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ । त्यसको झल्को राजधानीका नदीकिनार तथा पोखरीमा देखिन्छ । आठ दशकअघि कालीमाटी टंकेश्वरको विष्णुमती नदीमा केही व्यक्तिले सुरु गरेको छठ पूजा अहिले काठमाडौं उपत्यकाका मात्रै २० भन्दा बढी स्थानमा गरिन्छ । ‘उति बेला रौनियार थरका केही मान्छे जम्मा भएर पूजा गरेको देख्थ्यौं,’ ७० वर्षीय श्यामसुन्दर उपाध्यायले ६ दशकअगाडिको छठ पूजाको सम्झना गर्दै भने, ‘हेर्ने मान्छे पनि खासै हुँदैनथे ।’ १० वर्ष यता भने राजधानीका विभिन्न ठाउँमा छठ पूजा गर्ने र हेर्ने मानिसको भिड लाग्नेगरेको उनले सुनाए । उपाध्यायले भनेजस्तै यति बेला कालीमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायतका स्थान शनिबार साँझ हुने छठपूजाका लागि सिँगारिएका छन् । सुरुको समय मा छात भन्ने बितिक्कै मधेशी समुदायको मात्र भन्ने बुझिन्थियो । एक दशक देखि छात मा सहभागी हुदै आएकी बानेश्वर कि पार्वती अधिकारी ले सुरुमा आफुलाई पनि कतिपय ले मधेशी समुदाय को नै भनि ठाने को सुनाइन छठको टोकरी बोकेर रानी पोखरी जाँदा मधेश तिर को हो भनेर सोध्ने हरुलाई पहाड मा घाम लाग्दैन भन्दै छात मा गरिने सुर्य को आराधना बारेमा समझाउने गरेको सुनाइन ।
आजको नागरिक दैनिकमा प्रकाशित समाचार ।
Facebook Comments