Loading...
माधोपुर बजारमा सार्वजनिक शौचालय बनाउने मेयर विरेन्द्र यादवको घोषणा

। ओम प्रकाश यादव रौतहट १५ कार्तिक । रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले माधोपुर बजारमा एउटा सार्वजनिक शौचालय बनाउने घोष्णा गरेका छन । यसै चालु आर्थिक वर्षमा नगरपालिकाको बजेटबाट माधोपुर बजारमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउने मेयर यादवले उदघोष गरेका हुन । हिन्दुहरुको महान पर्व शुभ दिपावली एवं छठ पर्वको पावन अवसरमा माधोपुर काठमाडौं सम्पर्क मञ्चले आज शुक्रवार माधोपुर बजारमा आयोजना गरेको शुभकामना आदान प्रदान, चियापान तथा साडी वितरण कार्र्यक्रममा नगर प्रमुख यादवले यस्तो घोष्णा गरेका हुन । माधोपुर बजार सतामा आईतवार र विहिवार गरी दुई दिन लाग्ने गर्दछन । माधोपुर बजारमा किनमेल गर्न सिंगारमन धर्मपुर, खरकी रजबाडा, विरनगर, धोविनिया, लउकाहा सहितका गाउँबाट मानिसहरु आउने गर्दछन । तर एउटा शौचालय नहुँदा बजारमा आउनेहरुलाई खुल्ला रुपमा दिशा गर्नुका साथै पिसाव फेर्ने बाध्यता रहेको छ । त्यसैले कार्यक्रममा बोल्दै सम्पर्क मञ्चका सचिव नरेन्द्र ठाकुरले बजारमा एउटा सार्वजनिक शौचालय अति आवश्यक रहेको हुनाले शौचालय बनाईदिन मेयर यादवलाई आग्रह गरेका थिए । सचिव ठाकुरको आग्रहपछि मेयर विरेन्द्र विरेन्द्र यादवले यसै वर्ष शौचालय बनाईदिने प्रतिवद्धता जनएका हुन । त्यस्तै माधोपुर बजारको फोहर फाल्नको लागि नगरपालिकाबाट एउटा कन्टेनर पनि खरिद गर्ने मेयर यादवले बताएका छन । कार्यक्रममा बोल्दै वडा नं ६ माधोपुरका वडा अध्यक्ष राजीव यादवले समाजिक सुरक्षा भत्त छठमा नै वितरण गर्ने योजना बनाएपनि पर्वमा सार्वजनिक विदाका कारण समयमा वितरण गर्न नसकेको बताएका छन । जेष्ठ नागरिकहरुको बैंक खातामा पैसा आईसकेको बताउँदै वडा अध्यक्ष यादवले लगातारको विदाका कारण बैंक खुल्न नसकेकोले भत्ता वितरण गर्न नसकिएको बताए । छठ पछि तुरुन्त समाजिक सुरक्षा भत्ता वितरण गर्ने वडा अध्यक्ष राजीव यादव प्रतिवद्धता जनएका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *