Loading...
माधोपुर काठमाडौं सम्पर्क मञ्चद्धारा माधोपुरमा एकल महिलाहरुलाई साडी वितरण

ओम प्रकाश यादव रौतहट १५ कार्तिक । रौतहटको माधवनारायण नगरपालिका वाड नं ६ माधोपुरमा आज एकल महिलाहरुलाई साडी वितरण गरिएको छ । माधोपुर काठमाडौं सम्पर्क मञ्चले आज एक कार्यक्रमकाबीच माधोपुरका १९१ जना एकल ( विधवा) महिलाहरुलाई एक एक थान साडी वितरण गरेको छ । हिन्दुहरुको महान पर्व शभदिपावली एवं छठ पर्वको पावन अवसरमा सम्पर्क मञ्चले आज शुक्रवार माधोपुर बजारमा आयोजना गरेको शुभकामना आदान प्रदान, चियापान तथा साडी वितरण कार्र्यक्रममा उक्त एकल महिलाहरुलाई साडी सेट वितरण गरिएको छ । सम्पर्क मञ्चका अध्यक्ष भभिषण महतोको अध्यक्षता र माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त साडी वितरण गरिएको हो । एकल महिलाहरुलाई कोही पनि सहारा नहुने भएकोले उनिहरुलाई छठमा नयाँ कपडा लाउनको लागि आफुहरुले उक्त साडी वितरण गरेको आयोजक संस्था माधोपुर काठमाडौं सम्पर्क मञ्चका सचिव नरेन्द्र ठाकुरले जानकारी दिनुभयो । सम्पर्क मञ्चले विगतका वर्षहरुमा पनि यस्तै सामाजिक र धार्मिक कार्य गर्दै आएका छन । गत वर्ष पनि माधोपुर काठमाडौं सम्पर्क मञ्चले छठको अवसरमा माधोपुरमा वृद्धवृद्धाहरुलाई एक एक थान कम्बल वितरण गरेको थियो । सम्पर्क मञ्चमा माधोपुर घर भइ काठमाडौंमा बस्ने विभिन्न व्यक्तिहरु आवद्ध रहेका छन । सम्पर्क मञ्चमा आवद्ध रहेका व्यक्तिहरुले संकलन गरेको रकमबाट खरिद गरेको साडी वितरण गरेका छन । कार्यक्रममा नगर उप प्रमुख सिमल कुमारी साह, माधोपुरका वडा अध्यक्ष राजीव यादव, नेकपाका नेता जयमंगल यादव, कांग्रेसका राम कृपाल यादव लगाएतले सुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा मावि माधोपुरका प्रधानाध्यापक संजय प्रसाद, समाजवादी पार्टीका नगर अध्यक्ष हरिनारायण प्रसाद यादव सहित समाजसेवी, वुद्धिजीवी, भद्रभलादमी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन मञ्चका सचिव नरेन्द्र ठाकुरले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *