Loading...
गढ़ीमाई समेत स्थानिय तहको कार्यधिकार, क्षेत्रधिकारको बिबादमा, अब कसको क्षेत्र अधिकार के?

मनिष यादव

गढ़ीमाई मेला बारे हाल भई रहेको बिबाद जहाँ स्थानिय तहले गढ़ीमाई मेला व्यवस्थापन आफु मातहत रहेको तर्क गर्दै छ भने गढ़ीमाई मन्दिर सञ्चालन तथा विकास समिति निर्वाचित समिति पनि रहेको अवस्था छ। अब कसको क्षेत्र अधिकार के?
नेपालको संबिधानले स्थानिय तहको कार्यधिकार, क्षेत्रधिकार, तोकेको छ साथै गुठी (समिति)को पनि अधिकारको कुरा गरेकै छ। देशमा रहेको गुठीको अहिले सम्म आफ्नै अधिकार क्षेत्र छ, साथै गुठी व्यवस्थापनको दाइत्व प्रदेश सरकारलाई दिइएको छ र साथ साथ गुठी सम्बन्धि कानुन संघिय कानुन बमोजिम हुने उल्लेख गरेको छ।


महागढ़ीमाई नगरपालिका भित्र रहेको गढ़ीमाई मन्दिर एउटा गठी हो र यसलाई व्यवस्थित संरक्षण गर्ने दाइत्व स्थानिय सरकार, प्रदेश सरकार तथा केन्द्रको भए पनि यो एउटा स्वतन्त्र गठी संस्थान हो जहाँ कुनै पनि सरकारले हस्तक्षेप गर्नु न्यायपुर्ण न हुने देखिन्छ। हालै केन्द्र सरकारले ल्याएको गुठी बिधेयक बारे र त्यसबाट उठेको जनाक्रोषकै कारण गुठी बिधेयक फिर्ता गरिएको थियो, र त्यहि फेरि महागढ़ीमाई नगरपालिकाले गढ़ीमाई सञ्चालन तथा विकास समिति माथि हस्तक्षेप गरि गुठी बिधेयकको जस्तै कार्य गर्न खोजेको अनुभुति भइरहेको छ। कुनै पनि मठ मन्दिर माथि हस्तक्षेप गुठी माथि नियन्त्रण जनताले हिजो पनि स्विकारेन्न र आज पनि स्विकार्ने कुरै आउदैन तसर्थ स्थानिय तहलाई समयमै सचेत हुन अनुरोध गर्छु तथा सहकार्य गरि स्थानिय तहले गढ़ीमाई मेलामा सहयोग गर्न र संञ्चालन तथा विकास समितिलाई आफ्नो काम गर्न दिन र मेला सफल पार्न जिम्मेवार संस्थाको व्यवहार देखाउन अग्राह गर्दछु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *