Loading...
तिन सय भन्दा बढी छात्रछात्रालाई मेयर धर्मेन्द्र पटेलद्धारा विद्यालय पोसाक वितरण

ओम प्रकाश यादव कार्तिक १२ गते, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले आज एक विद्यालयका बालबालिकाहरुलाई पोसाक वितरण गरेका छन । नगर प्रमुख पटेलले आज एक कार्यक्रमकाबीच देवाही गोनाही नगरपालिका–२ श्री जनप्रिय प्राथमिक बिधालय लक्ष्मीनिंया करूनियामा अध्यनरत बिद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेका हुन । विद्यालयमा कक्षा १ देखी ५ सम्म अध्ययनरत करिव तिन सय भन्दा बढी जना छात्रछात्रालाई विद्यालय पोसाक वितरण गरिएको नगर प्रमुख पटेलले बताए । कपडाको अभावमा विद्यार्थीले फाटे र टालेका लुगा लगाएर विद्यालय आउने गरेको सुनिएकोले आफुले विद्यार्थीलाई केहि राहत पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरेको मेयर पटेलले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *