Loading...
कटहरियामा महतोको अध्यक्षतामा राजपाको बिद्यार्थी संघको नगर कमिटि गठन

ओम प्रकाश यादव कार्तिक १२ गते, रौतहट । राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको भातृ संगठन राष्ट्रिय बिद्यार्थी संघको आज कटहरिया नगरपालिकामा नगर कमिटि गठन गरिएको छ । राजपाको कटहरिया स्थित भएको भेलाले कृष्ण कुमार महतोको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा शैलेन्द्र साह बनिया,सचिवमा ओजैर आलम, सह सचिवमा बिवेक कुमार सहनी , कोषाध्यक्ष्माा रंजित कुमार यादवलाई सर्वसहमतिबाट चएन गरिएको हो । त्यस्तै समतिको सदस्यहरुमा बिकेश चौरसिया लागायतका व्यक्ति रहेका छन । राजपा अध्यक्ष मण्डलका पुर्व जिल्ला संयोजक एवं जिल्ला सदस्य रामप्रवेश दास, राष्ट्रिय बिद्यार्थी संघका केन्द्रिय सदस्य शेख राजाहुसैन, क्षेत्र न.३ का क्षेत्रीय उपाध्यक्ष शम्भु साह, युवा नेता समिस बिक्रम शाह लागायतका नेताहरुको विशेष उपस्थितिमा उक्त समिति चएन गरिएको हो । मुल कमिटी कटहरियाको नगर अध्यक्ष दुर्गा रौनियारको अध्यक्षतामा भएको भेलालले उक्त कमिटि गठन गरेको राजपाका जिल्ला सदस्य राम प्रवेस दासले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *