Loading...
हिजो राज्यको सम्पत्ति दोहन गर्न पल्केकाहरु अहिले राजाको वकालत गर्दैछन् – पोखरेल

१६ कात्तिक, पोखरा । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा का स्थायी समिति सदस्य शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देखाएको सक्रियता केवल कुण्ठामात्रै भएको टिप्पणी गरेका छन् । पूर्वराजाको सक्रियता समृद्धिमा चुनौती नहुने समेत उहाको दाबी रहेको छ ।

मदन भण्डारी फाउण्डेशन कास्कीले शनिबार पोखरामा गरेको ‘समृद्धि र यसका चुनौती’ विषयक गोष्ठीमा मुख्यमन्त्री पोखरेलले भन्नु भयो -राजनीतिमा अग्रजहरु चुनौतीका रुपमा देखा पर्छन् । पछिल्लो समय पूर्वराजाको सक्रियता बढेको छ । यसलाई म ठूलो समस्याका रुपमा देख्दिनँ, त्यसैले उहाँको सक्रियता कुण्ठामात्रै हो। पोखरेलले विभन्नु भयो – सबैजना विरोधबाट आत्तिएको देख्छु । डराउनुपर्ने केही छैन, परिवर्तनका लागि हिँडेकालाई यथास्थितिवादी विरोध गर्छन् । यसलाई सामान्य रुपमा लिनुपर्छ ।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले समाजमा नकारात्मक कुरा फैलाउनेहरु सक्रिय रहेको समेत दाबी गरे।’हिजोका दिनमा राज्य सम्पत्ति दोहन गर्न पल्केकाहरुलाई हामीले पन्छाएका छौं । पोखरलले भने, ‘अहिले त्यसरी दोहन गर्न नपाएर व्यक्तिगत स्वार्थका लागि नकारात्मक कुरा फैलाइरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *