Loading...
डोभालको कसरत, दिल्लीको इसारामा “राष्ट्रिय मुक्ति आन्दोलन” हुने , उपेन्द्रले नमाने आउट

आज प्रकाशित नेपाल साप्ताहिकले ‘ध्रवीकरणको दक्षिणी डिजाइन’ शीर्षकमा आवरण स्टोरी बनाएको छ । रिपोर्टमा लेखिएअनुसार, दिल्ली संस्थापनको इसारामा तेस्रो शक्ति निर्माणको प्रयास भइरहेको छ । त्यसका लागि मधेसकेन्द्रित र संघीय समाजवादी पार्टीबीच एकताको प्रयास भइरहेको उसको दाबी छ । कात्तिक २८ देखि ३० को समाजवादी पार्टी को केन्द्रिय कमिटिको बैठकले शक्तिशाली तेस्रो धु्रव बनाउनेबारे निर्णायक छलफल गर्ने रिपोर्टमा उल्लेख छ ।

नेपाल साप्ताहिकका अनुसार, भारतीय संस्थापन पक्ष तेस्रो शक्ति निर्माणमा जुटिरहेको छ । ०७२ को नाकाबन्दीका सूत्रधार अजित डोभाल काठमाडौंमा गुमेको प्रभुत्व फर्काउन शृंखलाबद्ध कसरतमा छन् । डोभाल रोडम्याप कार्यान्वयनमा रअका नेपाल चिफको दौडधुप देखिए पनि भारतीय दूतावास भने यसमा उदासीन देखिएको दाबी रिपोर्टमा गरिएको छ ।

एकता नभएमा अर्को विकल्प पनि अघि सारिएको नेपालको रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार उपेन्द्र यादव सरकारबाट कथम् बाहिर आउन नचचाहे क्षेत्रीय शक्तिहरू संघीयता रक्षाका लागि भन्दै नयाँ गठबन्धन बनाउने सोचमा छन् । पहिचानवादी पार्टीहरूसँग मिलेर मोर्चाबन्दी गर्न बैठक डाक्ने तयारी छ । तर विगतमा उपेन्द्रले आफ्नो प्रभावमा राखेर चलाउँदै आएको संघीय गठबन्धनमा भने आफूहरू नअट्ने तिनको बुझाइ छ । प्रस्तावित गठबन्धनको नाम छ– राष्ट्रिय मुक्ति आन्दोलन । यो प्लान बीको मुख्य लक्ष्य पहिलो संविधानसभाकालीन १० प्लस १ प्रदेशको माग ब्युँताउनु रहेको दाबी रिपोर्टमा गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *