Loading...
युवा संघको एकीकरण टुंगियो, ७७ जिल्ला मध्ये कसले पाए कुन कुन जिल्ला ? (सुची सहित)

१७ कात्तिक, काठमाडौं । सत्तारूढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो । युवा संघको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले ७७ वटै जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।
बैठकले ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघलाई ४२ जिल्लामा अध्यक्ष लिने भएको छ । त्यस्तै, माओवादी केन्द्र निकट मानिएको साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी एकता प्रकृया टुङ्ग्याइएको छ । युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सम्मानजनक ढंगले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको र नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्ने बताएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ । युवा संघ संयोजक रामप्रसाद सापकोटाका अनुसार, नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्नेछ ।

त्यसैगरी, संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ । संघले उपनिर्वाचनका लागि किरण पौडेलको नेतृत्वमा प्रचार प्रसार समितिसमेत गठन गरेको छ । समितिमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नवीन खड्का र प्रकाश लामिछाने छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *