Loading...
संबैधानिक प्रश्न खडा गर्दै ओली सरकारले गर्यो सातै प्रदेशका प्रदेश प्रमुखलाई पद मुक्त

१७ कात्तिक, काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई पद मुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आज बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो । त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो l

पद मुक्त यी हुन् सातै प्रदेशका प्रमुखहरु :

प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ,
प्रदेश २ का रत्नेश्वरलाल कायश्थ्य ,
प्रदेश ३ की अनुराधा कोइराला,
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर,
प्रदेश ५ का उमाकान्त झा,
कर्णाली प्रदेशका दुर्गाकेशर खनाल

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको उल्लेख छ । संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरुले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा पदमुक्त हुने व्यवस्था छ । सोही धाराको उपधारा १ को (ख) मा प्रदेश प्रमुखको पदावधि सकिनुअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *