Loading...
सातै प्रदेशको नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने सरकारको तयारी, प्रदेश २ र ५ मा के हुन्छ ?

१७ कात्तिक, काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई पद मुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ । सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो । त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो l ५ प्रदेश मा नेकपाले चाहे अनुशार भए पनि प्रदेश २ र ५ नेकपा लाइ गाह्रो हुन् सक्छ पहिला राजपाको सिफारिस मा प्रदेश ५ मा उमाकान्त झालाइ प्रदेश प्रमुख बनाइएको थियो भने प्रदेश २ मा तत्कालिन संघिय समाज बादी फोरम नेपालको समर्थनमा रत्नेश्वरलाल कायश्थ्यलाइ प्रदेश प्रमुख बनाइएको थियो l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *