Loading...
मृगौला फेल भयो, फेरी नया मृगौला प्रत्यारोपण गर्नुपर्ला – प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मृर्गौलामा समस्या आएपछि डायलाइसिस कि प्रत्यारोपण भन्ने प्रश्न खडा भएको छ । मृर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको उपचार कसरी गर्ने भन्ने विषयमा आइतबार पनि टुंगो लागेको छैन । अघिल्लो साता सुरु डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् ।

बालुवाटार स्रोतका अनुशार – प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् । यद्यपि, वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् । आजको कान्तिपुर दैनिक बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *