Loading...
महराको पक्षमा ३२ जनाले वकालत गर्ने भएपछी बहस आज पनि जारी, ५ जनाले गरे बहस

काठमाण्डौ, १७ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दामा थुनछेक बहस हेर्दा हेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाण्डौमा आइतबार ११ बजेबाट सुरु भएको बहसमा महराका तर्फबाट अधिवक्ता लभप्रसाद मैनाली र भोजराज आचार्यले बहस गरेका थिए ।
महराको मुद्दामाथि वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाईँ लगायत ३२ जनाले वकालतनामा भरेका छन् ।  वकालत गर्नेहरु धेरै भएकाले आइतबार बहस नसकिएपछि सोमबार बिहान ११ बजे फेरि बहस हुनेगरी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सोमबार ११ बजे फेरि बहस जारी रहने अदालत स्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *