
१८ कात्तिक, कैलाली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् । भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् ।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले स्थानीयले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेको बताउनु भएको छ । बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेका स्थानीयले प्रमुख जिल्ला अधिकारीको आग्रहमा सडक खुलाएका थिए । तर वार्ता चलिरहेका बेला स्थनीयले फेरि सडक अवरुद्ध पारेका हुन् ।
आफन्तले मृतकको शव समेत उठाएका छैनन् । सयौं यात्रु अलपत्र परेका छन् ।
Facebook Comments