Loading...
टाउको समेत नउठाएका महरा टाउको निहुर्‍याएरै रुदै गाडीभित्र छिरे, अन्ततः डिल्लीबजार कारागार

१८ कात्तिक, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएपछि उनलाई सोमबार डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ । उनी प्रहरीको भ्यान नजिक पुगे सम्हालिन कठिन परिरहेको देखिन्थ्यो। उनी अन्तत: रुँदै प्रहरीको भ्यान चढे। यसअघि अदालतमा पुग्दा होस् या सभामुख निवासबाट गिरफ्तार भएर बाहिरिँदा, यस्तो दृष्य देखिएको थिएन। महरा आत्मविश्वासिला देखिन्थे। बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षको लागि जेल चलान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो। अदालतको आदेश सँगै महरालाई अदालत परिसदबाट सिधै डिल्ली बजार कारगार लैजाँदा उनी रोएका हुन्।
महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ। टाउको समेत न उठाएका महरा टाउको निहुर्‍याएरै गाडीभित्र छिरेका थिए । यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो । मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *