Loading...
बहुमतको दम्भमा सरकारले घाउमा नुन हाल्ने काम गरेको छ , यसको मूल्य चुकाउनु पर्छ- उपेन्द्र

काठमन्डौ,कार्तिक १९ गते। सरकारमा बसीरहनुको कुनै अर्थ नरहेको भनि नया शक्ति निकटका नेताहरुले सरकार छाड्न दबाब दिई रहेकै बेला सरकारको सिफारिसमा प्रदेश प्रमुख हटाएर समाजबादी पार्टी माथि दह्रो प्रहार भएको महसुस नेताहरुले गरेका छन् । पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव बिना कुनै सहमति वा बिमर्श बिना प्रदेश प्रमुख हटाएकोमा आपति प्रकट गर्नु भएको छ ।
उहाले भन्नु भएको बहुमतको दम्भ देखाएर सरकारले बिनासको बाटो रोजेको छ । समाजबादी पार्टी सरकार छोड्ने छनक पाए संगै प्रदेश प्रमुख हटाउनु जानाजान भएको समेत नेताहरुले बताएका छन् । एता पार्टी उपाध्यक्ष रेणु यादव समेत सरकार मा बसेको भन्दै बिरोध गर्दै आएकी छिन ।
संविधान संशोधन नगरिए सरकार छाड्ने चेतावनी दिदै आएका अध्यक्ष यादव जोमसोममा रहेको बेला सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको छ । यादवले भन्नु भयो – प्रदेश प्रमुखहरु हटाइएको निर्णय बारे औपचारिक जानकारी छैन् । यस सम्बन्धमा प्रधानमन्त्री ओलीसित कुनै पूर्व परामर्श भएको छैन् । उहाले बहुमतको दम्भ देखाएर गरेको निर्णय घाउ मा नुन छर्केको आरोप समेत लगाउनु भएको छ ।

आज नियुक्ती गर्ने भनिएको प्रदेश प्रमुखको सम्बन्धमा समेत कुनै चर्चा नभएको उहाले जिकिर गर्नु भएको छ । समाजवादी पार्टीले सरकार छाडेपछि दुई तिहाईको सरकार रहने छैन् । अध्यक्ष यादवले कार्तिक २८ देखि ३० सम्म बस्ने पार्टीको केन्द्रिय कमिटिमा यसको मुल्यांकन हुने समेत जनाउ दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *