
एकलौटि निर्णय प्रति असन्तुष्टि जनाउदै प्रदेश प्रमुखहरुको सिफारिस सँगै सत्तारुढ नेकपाभित्र लफडा सुरु भएको छ । पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले एकपक्षीय ढंगले प्रदेश प्रमुख नियुक्त गरेको भन्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकपक्षीय निर्णयसहित सिफारिस गरेको भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गरेका हुन्। सिफारिस गरिएका ७ प्रमुख मा पुर्ब एमाले ले ४ र पुर्ब माओबादिले ३ वटा प्रमुख लिएका छन् । एमालेको जिम्मा मा परेको ४ प्रदेश प्रमुख सबै ओली निकट का हुन् । बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो। प्रदेश प्रमुखमा सिफारिस गरिएकामा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्। बैठकमा वरिष्ठ नेता नेपालले विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली र बेदुराम भूषाल लगायतको नाम प्रस्ताव गरेका थिए। बैठकमा नेता नेपालले यो निर्णयलाई असन्तुलित भनेका थिए। यसबारेमा नेता नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले सचिवालयको निर्णय आश्चर्यपूर्ण भनेका छन्।
Facebook Comments