
सन्तोष मेहता
१). २०६३ चैत्रमा प्रधानमन्त्री : गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको मन्त्री परिषदमा सदभावनाको तर्फबाट मा. राजेन्द्र महतो पहिलो पटक मन्त्री भएका थिए तर पार्टी अधिकारिताको सवालमा निर्वाचन आयोगमा प्रधानमन्त्री स्वम चलखेल गरेपछि र आफ्नो नेतृत्वको पार्टी अधिकारिक्ता नभए पछि नैतिकताको अधारमा उक्त सरकारबाट राजीनामा दिएका थिए ।
२). २०६५ भदौमा प्रधानमन्त्री : पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको मन्त्री परिषदमा मा. राजेन्द्र महतो दोस्रो पटक मन्त्री भएका थिए, प्रधानमन्त्री स्वम सैनिक कु गरेर सत्ता कब्जा गर्ने प्रयास गरेपछि नैतिकताको आधारमा महतो ज्युले सरकार छाडेका थिए त्यसपछि उक्त सरकार नै ढल्यो ।
३). २०६८ भदौमा प्रधानमन्त्री : बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको सरकारमा चौथोपटक राजेन्द्र महतो मन्त्री भएका थिए, मन्त्री परिषदले नै मधेसी जनताको भावना बिपरित मधेसि र जनजाति बहुल्य प्रदेशलाई टुक्राटुक्रा हुनेगरी खल्ती बाट संघीयताको मोडेल ल्याएपछि नैतिकताको आधारमा सरकार छाडिदिनु भएको थियो र पछी संघीयताको त्यो मोडेल त्यतिकै समाप्त भएर गयो ।
वास्तविक जनताको प्रतिनिधि राजेन्द्र महतो जस्तो हुनुपर्ने हो उहाले जनता र कार्यकर्ताको शिर निहुराउन दिनुभएन, जस्ले सत्तामा सहजै हुँदा पनि जनाधिकार र लोकतन्त्रका खातिर पटकपटक नैतिकता देखाए । आजको परिस्थितिमा सलाम गर्न मन लाग्यो ।
Facebook Comments