Loading...
सबै आन्दोलनकारी शक्तिहरु एकै ठाउमा उभेर निरंकुश शासनको जवाफ दिन्छौ – बाबुराम

१९ कात्तिक, काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीले प्रदेश प्रमुखहरूको बर्खास्तगी र नियुक्तिलाई सरकारको निरंकुश चरित्रको संज्ञा दिएको छ । प्रदेशका गभर्नरको नियुक्ति/बर्खास्तगी दुवै वास्तविक संघीयताका मर्मविपरीत र दलीय रबर–स्ट्याम्बका प्रतीक हुन्, समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘वर्तमान सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टि भएको छ l
पूर्वप्रधानमन्त्री समेत रहेका सपा अध्यक्ष डा. भट्टराईले सरकार एकमनावादी र एकात्मक भएको भन्दै आन्दोलनकारी शक्तिलाई एक हुन आग्रह गरेका छन् । ‘सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भिर बनौं’ भट्टराईले लेखेका छन्,‘जनयुद्ध, मधेस, जनजाति, थारु, दलित आन्दोलनकारी एक होऊँ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । आज बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । सिफारिस गरिएको नामहरुमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ)  र विष्णु प्रसाईँ (झापा) रहेका छन् l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *