
संविधान संशोधन गर्ने लिखित सहमति गरेर सरकारमा गएको समाजबादी पार्टी नेपाललाइ नसोधी कन प्रदेश प्रमुख फेरी पछि अहिले राजनीतिले अर्कै मोड लिएको छ । हुनत समाजबादी पार्टी का दुइ अध्यक्ष सहित अन्य नेताहरुले सरकार छाड्ने बताउदै आएका थिए भने ओली नेतृत्व को नेकपा को सरकार समाजबादी संग कुनै छलफल नै नगरी प्रदेश प्रमुख हतार मा घोषणा गरेका छन् । आज मात्रै संघिय परिषद का अध्यक्ष डा बाबुराम भट्टराइ ले ट्विट मार्फत सरकार को बिरोध गर्दै आन्दोलन गर्ने बताएका छन् । अहिले सहमति कार्यान्वयन नभएकाले तुरुन्तै सरकारबाट बाहिरिनुपर्ने आवाज समाजबादी भित्रै चर्को रुपमा उठेको छ ।
समाजबादीका महासचिव रामसहायप्रसाद यादवले प्रदेश प्रमुख सम्बन्धी निर्णयले आफूहरूलाई सत्ताबाट बाहिरिन दबाव बढेको बताउनु भएको छ । उहाले भन्नु भएको छ – संविधान संशोधन सम्बन्धी सहमति कार्यान्वयन नभएपछि सत्ता छाड्नुपर्ने आवाज उठीरहेका बेला सरकारमा बसेर हाम्रो कुरा लागु भएन जस्तो सन्देश गएको छ । सरकारलाई धन्यबाद छ बाहिरिनका लागि दबाब बढाइदिनु भएकोमा ।
सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय भने केन्द्रीय समितिको बैठकले लिने महासचिव यादवले जानकारी दिनु भएको छ । समाजबादीले त्तिक २८ गते सघीय परिषद र कात्तिक २९–३० गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
Facebook Comments