Loading...
सरकार छाड्न समाजबादी अध्यक्ष उपेन्द्रलाई प्रधानमन्त्री ओलीको सुझाव, नभए हटाउने संकेत

काठमाडौं । सत्तारुढ गठबन्धन नेकपा र समाजबादी पार्टी बीच बोलीको गोलि चल्न सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई व्यवहार सुधार्न चेतावनी दिएपछि सत्तारुढ गठबन्धनभित्रको खटपट सार्वजनिक भएको हो । प्रधानमन्त्री ओलीले समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकारमै रहेर सरकारको आलोचना गर्नु नैतिकता का हिसाबले उचित नहुने भन्दै आलोचना गर्ने हो भने सरकार छाड्न सुझाव दिएका हुन् । स्रोतका अनुसार सरकारमा रहेर आलोचना गर्ने प्रवृत्ति कायम राखेमा मन्त्रिपरिषद पुनर्गठनका क्रममा आफूले पनि सत्ता साझेदारीबारे पुनर्विचार गर्ने भन्दै प्रधानमन्त्री ओलीले यादवलाई सरकारबाट हटाउने संकेत दिएका हुन् । स्रोतका अनुसार उपप्रधानमन्त्री यादवले सरकारमै रहने वा सरकारबाट बाहिरिने भन्नेबारे तत्काल निर्णय लिन सकेका छैनन् । यस विषयमा कात्तिक ३०–३१ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव बिना कुनै सहमति वा बिमर्श बिना प्रदेश प्रमुख हटाएकोमा आपति प्रकट गर्नु भएको छ ।
उहाले भन्नु भएको बहुमतको दम्भ देखाएर सरकारले बिनासको बाटो रोजेको छ । समाजबादी पार्टी सरकार छोड्ने छनक पाए संगै प्रदेश प्रमुख हटाउनु जानाजान भएको समेत नेताहरुले बताएका छन् । एता पार्टी उपाध्यक्ष रेणु यादव समेत सरकार मा बसेको भन्दै बिरोध गर्दै आएकी छिन ।
संविधान संशोधन नगरिए सरकार छाड्ने चेतावनी दिदै आएका अध्यक्ष यादव जोमसोममा रहेको बेला सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको छ । यादवले भन्नु भयो – प्रदेश प्रमुखहरु हटाइएको निर्णय बारे औपचारिक जानकारी छैन् । यस सम्बन्धमा प्रधानमन्त्री ओलीसित कुनै पूर्व परामर्श भएको छैन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *