Loading...
जसले जति भाँडन खोजे पनि समाजबादी पार्टी र राजपा नेपालबीच एकता हुन्छ – यादव

सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ । एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन । दुबै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रुपमा स्थापित गर्ने उद्देश्य समाजवादी र राजपाले लिए पनि पदीय भागबण्डामा पुगेर प्रक्रिया रोकिएको बताइएको छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘जनता र कार्यकताएको चाहनाअनुसार दुबै पार्टी एकता गरेर एउटै पार्टी बनाउन वार्ता सकारात्मकरुपमा अगाडि बढिरहेको छ ।’

कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिका रुपमा पार्टी एकता गर्न लागेको बताउँदै यादवले शीर्ष तहमा लगातार छलफल भइरहेको बताउनुभयो । एकतामा समाजवादी पार्टीभित्र ठूलो विवाद नरहे पनि राजपाभित्र ठूलो बिबाद रहेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *