Loading...
कडा आन्दोलन घोषणा: नेकपाले भारतीय नक्सा जलाउने, मोदीको पुतला दहन गर्ने (विज्ञप्ती)

२० कात्तिक, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारत सरकारले हालै सार्वजनिक गरेको नक्साको विरोधमा आन्दोलन गर्ने भएको छ । भारत सरकारले सार्वजनिक गरेको नक्साले नेपालमाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै नेकपाले आन्दोलन गर्ने भएको हो । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको भन्दै विप्लव समूहले मसाल जुलुसदेखि भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव विप्लवले बुधबार निकालेको विज्ञप्तिमा संघर्षका कार्यक्रम अन्तर्गत यही कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला दहन गर्ने उल्लेख गरिएको छ । त्यसको भोलिपल्ट २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बिरोध पत्र दिने कार्यक्रम विप्लव समूहले सार्वजनिक गरेको छ ।

यस्तै, २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने कार्यक्रम विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *