Loading...
विखण्डनको नारा त्यागेका सीके राउतको जनमत पार्टी उपनिर्वाचनमा भाग लिदै, टार्गेटमा प्रदेश २

डा. सीके राउत नेतृत्वको जनमत पार्टी मंशिर १४ गते हुने उपनिर्वाचन मा भाग लिने भएको छ । विखण्डनवादी समूहको नेतृत्व गर्दै मुलधारको राजनीतिमा आएका डा. राउत नेतृत्वको जनमत पार्टीले पहिलो पटक चुनावमा भाग लिन लागेको हो । मधेसलाई छुट्टै राज्य बनाउने भन्दै विखण्डनवादी विचार बोकेर हिडेको राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन नामक संगठनले गत फागुन २४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी पृथकतावादी आन्दोलन परित्याग गरेको घोषणा गरेको थियो । निर्वाचन आयोगमा जनमत पार्टी १२४ औं नम्बरमा दर्ता छ । मूल धारको राजनीतिमा आएपछि पहिलो पटक चुनावमा भाग लिन लागेको जनमत पार्टीले दुई नम्बर प्रदेशलाई नै टार्गेट गरेको छ । दुई नम्बर प्रदेशका सात वटा जिल्लामा हुने सबै पदको चुनावका लागि उम्मेदवारी दिने तयारी जनमत पार्टी ले गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *