Loading...
तरकारीदेखि सरकारी कार्यालयसम्म विभिन्न बहानामा भ्रष्टाचारमा चुर्लुम डुबेको ओली सरकार

रामपृत पाशवान

एक दुई जना अपराधीलाई जेल चलान गर्दैमा देश अपराधमुक्त भयो भनेर सरकारले गर्व गर्ने ठाउँ छैन । भ्रष्टाचारमा देश चुर्लुम डुबेको छ।हरेक ठाउँमा जनता भ्रष्टाचारको शिकार हुनुपर्ने बाध्यता छ । हरेक ठाउँमा सर्वसाधारण नेपाली जनता ठगिदै छ्न।तरकारी बजार देखि सरकारी कार्यालयसम्म विभिन्न बहानामा जनता ठग्ने काम हुन्दैछ ।

यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्णरुपमा हटेको सरकारले दाबी गरिरहदा ट्याक्सी चालकले मनपरि भाडा लिई आफूलाई ठगेको गुनासो एक जना सान्सदले सदनमै गरे। सर्वसाधारण जनताको हालत के होला विचारनिय प्रश्न छ। मालपोत कार्यालयदेखि अदालतसम्म जनता भ्रष्टाचारको शिकार भैरहेका छ्न। कमला विश्वकर्मा जस्ता थुप्रै बलात्कार पीडितले अझै न्याय पाउन सकेका छैन।

देशको बर्तमान अबस्था र सरकारको भ्रष्टाचार निवारण र कानुनी राज्यको प्रत्याभूतिप्रतिको उदासीनता देख्दा आफू जतिसुकै बलियो सरकारको ट्याग भिराए पनि सान्चो अर्थमा सरकार निरीह नै साबित भएको छ।देशलाई भ्रष्टाचारमुक्त नगरेसम्न आम जनताले कानुनी राज्यको अनुभुति नगरेसम्म र देशमा ब्याप्त हरेकखाले असमानताको अन्त्य नभएसम्म कुनै पनि हालतमा मुलुक समृद्ध र जनता सुखी नहुने आम बुझाइ नै छ।तर सरकारको रबैया देख्दा आफैले घोषणा गरेको राष्ट्रिय नारा “समृद्ध नेपाल र सुखी नेपाली “चुटकिले प्रधानमन्त्रीको चुट्किला साबित भैरहेको छ।किन भन्ने प्रधानमन्त्री ,मन्त्रीहरु र मुठी भर ठुला ओह्दाका कर्मचारीहरु धनी भएकोमा देशलाई समृद्ध मान्न सकिदैन भन्ने प्रधानमन्त्री सुखी हुन्दैमा आम नेपाली सुखी हुने पनि म देख्दिन।त्यसैले,सरकारले हेक्का राख्नुपर्ने हो ,भात भात भनेर पेट भर्ने भए भात पकाउनु पर्दैन थियो होला।भात खानलाई भात..भात रटेर हुन्दैन ।

त्यस्तै समृद्धि ..समृद्धि भन्दैमा देश समृद्ध हुने र जनता सुखी हुने अवस्था हुन्दैन।जनता सुखी बनाउन देश समृद्ध बनाउनै पर्छ र यसका लागी भ्रष्टाचार उन्मुलन ,गरिबी निवारण र उत्पादन वृद्धि गर्ने लगायतका योजना सहितको दृढ इच्छाशक्ति भएको सरकार चाहिन्छ ।तर,कम्युनिस्ट दल र यसको सरकारसंग यसमध्ये कुनै विशेषता छैन।त्यसैले यो सरकारमार्फत समृद्धिको यात्रा तय गर्नु भनेको कागजको डुंगामा समुद्रको यात्रा गर्न ढिपी गर्नु हो।सक्छौ भने भ्रष्टाचार उन्मुलन गरेर देखाउ त्यसपछि मात्र सरकार बलियो भएको प्रचार गर ……नत्र आकार ठुलो हुन्दैमा बलियो र शक्तिशाली भएको स्वाङ नगर।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *