
पत्रकार बद्री नाथ झा डा. राजिव झा बिचको कुराकानी।
किड्नी (Kidney) फेल कसरी हुन्छ ? यसबारे बिस्तारमा बताइ दिनुशन ।
किड्नी हाम्रो शरिरको महत्वपूर्ण अङ्ग हो । किड्नीमा खरावी आयो भने हामिलाई बिभीन्न रोगहरु लाग्ने गर्दछन जसका कारण हामिले ज्यानै गुमाउनु पर्ने समेत अवस्था आउँदछ । तसर्थ किड्नी भनेको के हो ?, मानव शरिरमा किड्नीले के कसरि काम गरिरहेको हुन्छ, किड्नी कसरि काम नलाग्ने अवस्थामा पुग्दछ र किड्नी बचाउनको लागि के गर्नुपर्दछ ? यी लगायतका कुराहरु सर्वसाधारणले सहज जानकारी पाउन भन्ने उदेश्यले जलेश्वर अस्पताल महोत्तरीमा कार्यरत डा.राजिव झाको किड्नी सम्वन्धि ७ महत्वपूर्ण सुझाब जानकारी गराएका छौं ।
१.किड्नीको काम के हो ? किड्नीले हाम्रो शरीरको रस एवं रगतमा भएको अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किड्नीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोगी एवम् स्वस्थ्य राख्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जान्छ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स शरीरमा भएको अनावश्यक तत्वहरु पिसाबबाट शरीरको बाहिर निकाल्छ। किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ, र स्वस्थ्य शरीर बनाएर राख्दछ ।
२.किड्नी र मुटु बिचको सम्वन्ध किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो र कलेजो सँग हुन्छ । मुख्य गरी मुटु र किड्नीले एक आपसमा परस्पर सहयोगका साथ काम गर्ने गर्दछन् । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ l
३.किड्नी फेलहुनाका प्रमुख कारणहरु के के हुन ? किड्नी फेल हुनाका मुख्य कारणहरुमा मुटु, दम, श्वास, टि.बी., पिसाव सम्बन्धी रोगहरु , मध्यपान, धुम्रपान सुगर, प्रेसर जस्ता रोगहरुको कारणले किड्नीमा समस्या उत्पन्न हुने गर्दछ ।त्यस कारण सामान्य भन्दा सामान्य रोगहरु संग लडने क्षमतामा कमि हुन्छ र अकालमै मृत्यु वरण गर्नुपर्ने हुन्छ ।
४.किड्नी भनेको के हो ? यो हाम्रो शरिरमा कहाँनिर हुन्छ ? किडनी शरीरको बीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ ।
५.किड्नी खराव हुनु भनेको के हो ? किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो शरीरमा शुद्ध रगत र पानीको सम्पूर्ण आवश्यक मात्रामा नपुग्नु हो । शरीरमा आईपर्ने विभिन्न समस्या एवम् रोगहरुलाई परास्त गर्ने क्षमतामा दिनानुदिन कमि हुदै जान्छ ।
६.नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षणहरु के के हुन ? किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो ।
उपचार
यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो पनि भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पुराउदछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।
७.किड्नी स्टोन (पत्थरी) , यसको लक्षण र उपचार किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नी सम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो । उपचार यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पिशाब आउँदा रोक्नु हुन्न। पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो
Facebook Comments