
ध्यान बहादुर राई
भारतले नेपालको सिमा अतिक्रमण गरेर ३७२ वर्गकिमी भन्दा वढी नेपाली जमिन आफू अधिनस्त वनाएको नक्सा सार्वजनिक गरेपछि यस्को चौतर्फी विरोध भैरहेकोछ।सन १९६२ देखि नेपालीभुमी कालापानीमा भारतीय सेनाले कव्जा जमाएको,सन २०१४ मा नेपाली भुमी लिपुलेकलाइ नेपालको सहमती वेगर चीन र भारतले आफुखुसी व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने (आफुखुसी वाँडफाँड गरेको)सहमती गरेको आदि विषयमा नेपालले असहमती व्यक्त गर्दै आएको कुरा नेपाल सरकारले प्रस्ट पार्दै आएकोछ। सरकारको कुटनितिक असफलता वा कमजोरीको अपजस सडकमा र सामाजिक सन्जालमा छरेर मात्रै केही हुँने देखिदैन।सडकको प्रदर्सनले सरकारमाथी
दवाव र अतिक्रमणकारीमाथी विरोध —को न्यानो मात्रै हो।कुटनितिक पहलकदमी नै मुख्य हो। आफुआफु तँतँ मम गरेर फाइदा देखिन्न।वरु विगत देखि वर्तमान सम्मको सवै कमिकमजोरीहरुलाइ केलाउँनु र वस्तुनिस्ठ निस्कर्ष निकाल्नु वुद्दिमानी होला। दलै पिच्छे र
व्यक्ती नै पिच्छे देशभक्त देखिन फर्जी होडवाजी नगरौं।
Facebook Comments