
भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।महासंघले बिज्ञप्तिमा लेखेको छ -” भौगोलिक रुपमा उत्तर हिमालसँग जोडिएका र तराईको सीमाना रक्षाको लागि नेपाली आदिवासीहरु कसैसँग झुकेन र जान्दैन पनि । वीर नेपाली पूर्खाले कालापानी, लिपुलेक र लिम्पुवाधुराको माटोमा आफ्नो रगत बगाएका थिए । हाम्रा पूर्खाले रगत खर्चेर जोगाएको नेपाली माटो भारत सरकारले आफ्नो हो भनी नक्सांकन गर्नु नेपाल र नेपाली जनताप्रतिको धोका हो । आदिवासी आन्दोलन आफ्नो सबैखाले अधिकार प्राप्तिसँगै नेपाली माटोको रक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढेर गोर्खालीको शान देखाएरै छाड्ने कुरामा प्रतिवद्ध छ ।”
नेपालका आदिवासी जनजातिहरुले अधिकार प्राप्तिको जस्तोसुकै आन्दोलनमा पनि महासंघ सडक संघर्षमा रहदै आएको छ । आफ्नो भाषा, धर्म, संस्कृति, पहिचान र प्रतिनिधित्वको लागि संघर्ष गर्दैगर्दा फेरि राष्ट्रियताको जगेर्ना गर्न अर्को आन्दोलन गर्नुपर्ने परिस्थितिमा आएको छ महासंघले भनेको छ । राष्ट्रियताको सबाल र सिंगो नेपालको सबलिकरणको लागि नेपाल सरकार असफल भएको महासंघको ठहर छ । नेपाल सरकारले चीन र भारत दुवै मुलुकसँग कुटनैतिक रुपमा पहल गरी यो नयाँ नक्सा खारेजीको लागि अग्रसरता देखाउनु पथ्र्यौ तर यस घटनामा सरकार आलोकाचो विज्ञप्ति जारी गरेर उदासिन देखिएको छ, यसप्रति महासंघले घोर भर्त्सना गरेको छ ।
साथै भारत सरकारले हाल जारी गरेको नक्साप्रति घोर आपत्ति प्रकट गर्दै यस्तो नक्सा तुरुन्त खारेज गर्न भारत सरकारसँग जोडदार माग समेत गरेको छ ।
Facebook Comments