Loading...
देउवाको आक्रोश: भारतीय राजदूतलाई भन्यो:-“कालापानी-लिपुलेक नेपालको हो, दाँया बाँया चल्दैन”

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले नेपाली भूमिमाथि हुने भारतीय अतिक्रमण स्वीकार्य नभएको बताएको छ । कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । कांग्रेसले यसबारे साझा मत बनाउन र कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *