Loading...
समाजबादी पार्टीका भातृ संगठन समाजबादी बिधार्थीले गर्यो भारतीय प्रम मोदीको पुतला दहन

काठमाडौँ । समाजबादी पार्टीका भातृ संगठन समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् । केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी,लिपुलेक,लिम्पियाधुरालाई समेत राखिएको छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग गाभिएको भन्दै विभिन्न बिधार्थी संगठनहरु ले आज पनि विरोध कार्यक्रम जारि राखेको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *