Loading...
सावधान ! प्रधानमन्त्री मोदीको आलोचना गर्दै समाचार लेख्दा नागरिकता खारेज , षड्यन्त्र सुरु

२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरिदिएको छ ।

भारतको गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासीरको ओसीआई खारेज गरेको जनाएको छ । ओसीआई कार्ड भारतीय मूलका विदेशीले पाउने नागरिकतासरह मानिन्छ । ओसीआई कार्ड भएपछि भारतमा आउने जाने, व्यापार व्यावसाय, नोकरी गर्न पाइन्छ । तर मतदान र संवैधानिक पदमा पुग्ने अधिकार भने हुँदैन । भारतीय गृह मन्त्रालयका अनुसार पाकिस्तानी हजुरआमा हजुरबाबा, आमाबाबु हुनेलाई ओसीआई प्रदान गरिँदैन । तासीरका बुबा पास्कितानी हुन । टाइम म्यागजिनमा कार्यरत तासीरको लेख प्रस्पेक्ट, द सन्डे टाइम्स, द सन्डे टेलिग्राम, फाइनास्सीयल टाइम्स जस्ता पत्रपत्रिकामा प्रकाशित छन् ।

onlilekhabar

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *