
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् । भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् ।
सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विज्ञ र राजनीतिक दलका प्रतिनिधि सहभागी हुने जनाइएको छ । ।
Facebook Comments