Loading...
कांग्रेसले समाजवादी भनेर कागका प्वाख उखेलेर मयुरका प्वाख राख्दा पुँजीवादको जन्म -भट्टराई

काठमाडौँ । समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले उन्नत समाजवादी लोकतन्त्र आफूहरुको प्रमुख एजेण्डा भएको बताएका छन् । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको विमोचन समारोहमा उनले सुसम्पन्न मुलुक निर्माणका लागि उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्ने बताउनु भएको छ ।

उहाले भन्नुभयो – “काँग्रेस र कम्युनिस्टहरुले लोकतान्त्रिक समाजवाद भन्दै आएका छन् । उनीहरुले लोकतान्त्रिक समाजवादी भनेर कागका प्वाख उखेलेर मयुरका प्वाख राख्दा पुँजीवादको जन्म भयो । हामी उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्छ । हामी नयाँ विचारको प्रतिपादन गर्छौ ।अहिले राजनीति आफ्नो स्वार्थ समूहको व्यवस्थापन र आसेपासे पोस्ने पेसाका रुपमा स्थापित भएको छ । ”

‘राजनीतिक व्यक्तिमा विचारको प्रतिपादन, अध्यायन, अनुसन्धान र चिन्तन गर्ने बानी हराउँदै गएको छ । यो अत्यन्तै डर लाग्दो प्रवृतिका रुपमा स्थापित हुँदै आएको छ ।  उपेन्द्रजीले त्यसलाई चिर्ने प्रायस गर्नु भएको छ ।’ राजनीतिलाई समाज रुपान्तरण र मानव सभ्यताका निम्ती सचेत ढंगले सोच्ने कर्मका रुपमा लिनुपर्नेमा भट्टराईको जोड थियो । उहाले भन्नुभयो – “यही सोचका साथ मधेश आन्दोलनको कुसल नेतृत्व गर्नु भएका उपेन्द्रजी, जनजातिको नेतृत्व गर्नु भएका अशोक राईजीसँगै म मुर्ख खसआर्यबाट समाजवादी विकासका निम्ती एक ठाउँमा आइपुगेको छु ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *