Loading...
शासकले अधिकार दिने कुरामा आफ्नो बाऊको सम्पत्ति दिनुपरे जस्तो गर्छ – सांसद श्रेष्ठ

काठमाडौँ । समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले उन्नत समाजवादी लोकतन्त्र आफूहरुको प्रमुख एजेण्डा भएको बताएका छन् । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको विमोचन समारोहमा उनले सुसम्पन्न मुलुक निर्माणका लागि उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्ने बताउनु भएको छ ।
उहाले भन्नु भयो – “काँग्रेस र कम्युनिस्टहरुले लोकतान्त्रिक समाजवाद भन्दै आएका छन् । उनीहरुले लोकतान्त्रिक समाजवादी भनेर कागका प्वाख उखेलेर मयुरका प्वाख राख्दा पुँजीवादको जन्म भयो । हामी उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्छ । हामी नयाँ विचारको प्रतिपादन गर्छौ ।अहिले राजनीति आफ्नो स्वार्थ समूहको व्यवस्थापन र आसेपासे पोस्ने पेसाका रुपमा स्थापित भएको छ ।” समाजवादीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले शासकले तल्लो तहमा अधिकार दिने कुरामा आफ्नो बाऊको सम्पत्ति दिनु परे जस्तो गरेको आरोप लगाउनु भएको छ । उहाले भन्नु भयो- प्रदेशलाई राज्य भन्न मिल्दैन भन्ने गरिएको छ । नेपालका शासकले तल्लो तहलाई अधिकार दिने कुरामा आफ्नो बाऊको सम्पत्ति दिनपरे जस्तो गर्छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *