Loading...
ओली र प्रचण्डको दुतको रुपमा शर्माले उपेन्द्रको कार्यक्रम मै गएर भने – “नेकपा फर्किनुस”

काठमाडौँ । समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले उन्नत समाजवादी लोकतन्त्र आफूहरुको प्रमुख एजेण्डा भएको बताएका छन् । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको विमोचन समारोहमा उनले सुसम्पन्न मुलुक निर्माणका लागि उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्माले उपेन्द्र यादवलगायतलाई नेकपामा फर्किन सुझाव दिनु भएको छ । शर्माले यादव माओवादीले थालेको जनयुद्धका बेला पार्टीमा बौद्धिक नेताका रुपमा सक्रिय रहेको स्मरण समेत गर्नु भयो । उहाले भन्नु भयो -‘वैचारिक रुपमा हामी एउटै धरातलमा छौं । समाजवादी लोकतन्त्रको विकास गर्ने धरातलमा हामी उभिएका छौं । हाम्रो सबैको समाजवाद निर्माण गर्ने भन्ने अभियान हो।’ विचार मिल्न गएमा सबै कुनै दिन एक ठाउँमा हुन सक्ने शर्माको भनाइ रहेको थियो ।
यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले कोही नहुनेको राज्य नै अभिभावक हुने खालको आफूहरुले समाजवादी लोकतन्त्रको कल्पना गरेको बताए । उहाले भन्नु भयो – “काठमाडौँ दिनभरी कागज–बोतल उठाउने बालबालिका साँझ सडकमै सुतेको भेटिन्छन् । कोही नहुनेको त राज्य हुनुपर्छ नि ? समाजवादी लोकतन्त्रमा कोही नहुनेको राज्य अभिभाव हुन्छ । जसलाई सामाजिक न्याय भनिन्छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *