Loading...
२२ जिल्लाका ८०० जनाको उपस्थितिमा हेल्प मधेशी कतारको अधिबेशन सप्पन्न, अध्यक्षमा महतो

हेल्प मधेशीद्वरा आज अधिबेशन कार्यक्रम भव्यताको साथ दोहा कतारको अलडोसारी पार्कमा सप्पन्न गरेको छ । आज आयोजित कार्यक्रममा हेल्प मधेशका ८०० जना प्रबाशी आम जनताको उपस्थिति रहेकोे थियो । कार्यक्रम उद्घोषण चन्द्रवीर कुमार यादब एवम् स्वागत मन्तव्य शिव कुमार महतोले गरेका थिए। कार्यक्रममा सहभागी हुन दोहा, सनैया, अलखोर,जमेलिया, दुखान, रैयान, माइजर लगायत टाढाबाट प्राबाशी जनसमुदाय र मधेशका २२ जिल्ला पुर्वदेखि पश्चिमसम्मको ब्याक्तित्व सहभागिता जनाएका थिए। कार्यक्रम आज बिहान ११ बजे देखि ६ बजे सम्म चलेको थियो। सो कार्यक्रम मा विभिन्न वक्ताहरुले हेल्प मधेशी संस्था बारे आ-आफ्नो धारणा मन्तव्य राखेका थिए । बक्ताहरु एवम् अतिथीहरु एन आर एन सचीव अफसर अलि,ग्लोबल मधेशी एसोसिएसन बिरेन्द्र साह,धनुषा सेवा समाजका जमिर नदाफ,मौलिक जरा किलो पार्टीका राम अधीन राय,नेपाल मुश्लिम समाज का मो.सद्दाम हुदैन,संस्कार नेपालका चन्द्रमोहन ,सबैला समिती का सुभाष साह,सलाही साझा सम्पर्क समितीका रामान्द गुप्ता,धानुक सेवा समाज कतार अध्यक्ष जय राम मंडल एन आर एन एन सिसि सदस्य सुरेश मंडल,समाज सेवि ब्यबसाई प्रताप साह,जगत लाल मंडल,याकुब राइन रहेका थिए।

हेल्प मधेसी कतारको नाया कार्य समितीमा अध्यक्ष राम कल्याण महतो वरिष्ठ उपाध्यक्ष बिशेश्वर प्रसाद यादब सह उपाध्यक्ष जिबछ पाशवान,शिव कुमार महतो,गिरधारि गुरमैता कोषाअध्यक्ष राम कुमार यादब,सह कोषाअध्यक्षमा देबेन्द्र कुमार ठाकुर,सन्तोष साह,लाल बाबू साह,दिनेश साह,सुरेश मंडल सचिब प्रदिप कुमार ठाकुर सह सचीव बिरेन्द्र पासवान उपेन्द्र दास,जय किशोर मंडल,इशिलाल पण्डित ,प्रबक्ता राम अधिन यादव मिडिया संयोजक रबिन्द्र माली,धनेश्वर ठाकुर ओम प्रकाश यादव,बिन्देश्वर ठाकुर बद्री नाथ झा बरिस्ठ सल्लाहकार इ.दिनेश साह सल्लाहकार राम जन्म शर्मा उमेश यादव रामानन्द गुप्ता अन्य सदस्यहरु रहेको छन।अन्तर्राष्ट्रिय संयोजकमा पवन ठाकुर रहेको छन।आज हेल्प मधेसी द्वरा कार्य को मुल्यांकन गर्दै विभिन्न ब्यक्तित्वहरु लाई सम्मान समेत गरेको छ। आयोजीत कार्यक्रममा नास्ता मा छठ को प्रसाद निमित्त ठकुवा,जिलेवी,लाल-मोहन,केला,तरकारी,तिल को चटनि खाना मा मैथिली ब्यन्जन दाल,भात, तरकारी,तिलको चटनि पापर विभिन्न प्रकारको तरुवा एवम् दहि रहेकोे थियो । आजको कार्यक्रममा मनोरंजनको निमित्त मिथिला बर्णन्न बिनय झाले गाएका थिए भने कविहरुमा धनेश्वर ठाकुर,राम अधिन सम्भब रहेका थिए। कार्यक्रमको अन्तमा डोसारी पार्कका सन्स्थापक अल डोसारी द्वरा नेपाल जन समुदाय लाई शुभकामना दिएका थिए भने केही बेर को लागि मैथिली गीत धोती गमछा हमर पहिचान छै गीतमा आम प्रवाशी झुमेका थिए। कार्यक्रमको अन्तमा हेल्प मधेशि कतार का पुर्व अध्यक्ष पवन ठाकुर ले कार्यक्रम समापन गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *