Loading...
चितवनमा एउटा घटना नसेलाउदै फेरी आत्महत्या, झुन्डेको अबस्थामा युवकको शव फेला

चितवन । भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लम्जुङ दुधपोखरी गाउँपालिका–२, का विष्णु बहादुर सुनारको शव झुण्डिएको अवस्थामा फेला परेको हो । गएराति ८ः३० बजे उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभएको छ । एसपी मल्लका अनुसार सुनारका घाँटीमा गलबन्दी जस्तो सलको पासो छ । सुनारले कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए । श्रीमतीको अवस्था जटिल बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरुले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएका थिए । आईसीयूमा राखेर श्रीमतीको उपचार गराउन धेरै रकम लाग्ने भएपछि सासुसहित अस्पताल आएका सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मचुल्का उठाई थप अनुसन्धान भइरहेको जनाएको छ ।

केहि दिन अगाडि चितवनमा झुण्डिएको अबस्थामा पत्रकार शालिक राम पुडासैनी फेला परेका थिए भने त्यस घटानाका कारण चितवन तातेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *