Loading...
भारतले गर्यो बिहानैदेखि नेपालगञ्ज नाका एक्कासी सील, नाकामा पुगेका नेपालीहरु अलपत्र

नेपालगञ्ज – भारतले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। भारतको सुप्रिमकोर्टले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिएको छ ।
भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताउनु भएको छ । नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेका कारण नाका बन्द गरिएको हल्ला भने निराधार रहेको छ ।
बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *