Loading...
राम मन्दिरको फैसला हिन्दुको पक्षमा, यस्तो थियो बिबाद, दंगामा २ हजारले गुमाएका थिए ज्यान

२३ कात्तिक, काठमाडौं । भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा राम मन्दिरकै रहेको फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गा राम मन्दिरको हो कि बाबरी मस्जिदकोमा विवाद थियो । आज मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले हिन्दुहरुको पक्षमा सर्वसम्मतीले फैसला सुनाएको हो । वर्षौंदेखिको विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले सुनाएको यो फैसलालाई त्यहाका जनताले ऐतिहासिक निर्णय भनेको छ । हिन्दुहरुको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिन्छ । हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दै आएका छन् । तर मुस्लिमहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन् । यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । १९९२ मा भड्किएको दंगामा कम्तिमा २ हजार मानिसको ज्यान समेत गएको थियो । हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले । त्यसैले हिन्दु र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो । यो मुद्दा पहिले पनि अदालत पुगेको थियो । इलाहाबाद उच्च अदालतले अयोध्याको विवादित जमिन तीन बराबर भागमा बाँड्न फैसला गरेको थियो । अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को एक भाग निर्मोही अखडालाई दिनुपर्ने आदेश सुनाएको थियो । तर, त्यसलाई तीनै पक्षले अस्वीकार गर्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले ४० दिन लगाएर सो विवादित जग्गामा हिन्दुहरुको हक लाग्ने फैसला सुनाएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *