Loading...
प्रदेश प्रमुखपछि ओली सरकारको नँया खेल सुरु, मन्त्रीदेखि सल्लाहकारसम्म फेर्दै, यस्तो छ तयारी

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् ।स्रोतका अनुशार प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कात्तिक महिनाभरीको तलब खानुस्, त्यसपछि मंसिर १ गतेदेखि लागू हुनेगरी तुरुन्त राजीनामा दिनुस् भनेर निर्देशन दिनुभएको छ। यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली मुख्यतः प्रमुख सल्लाहकार रिमालसँग असन्तुष्ट छन् । उनले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएको र सरकारको पक्षमा पनि सकारात्मक माहोल हुनेगरी काम गर्न नसकेको भन्दै ओली असन्तुष्ट छन् । सल्लाहकारदेखि सचिवालयका सदस्यहरुले केही दिनमै राजीनामा दिने बुझिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *