Loading...
आन्दोलनमा उत्रेकाले कालापानी माग्दा पाए प्रहरीको जोडदार लाठी, दुइ दर्जन प्रहरीको फन्दामा

काठमाडौँ । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । प्रर्दशनकारीले विरोध प्रदर्शनमा राष्ट्रिय झण्डा बोकेर समेत आएका थिए । राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो । पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो । विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको थियो । त्यसता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *