
डेल्धुरा । चिकित्सा शिक्षा सुधारका लागी प्रा.डा. गोविन्द केसी १७ औं अनशनमा बसेको आज सात दिन पुगेको छ । तर स्वास्थ्य अवस्था दिनदिनै बिग्रदै गएपछि उनलाई प्रादेशिक अस्पताल रेफर गर्ने तयारी गरिएको छ । हाल डडेल्धुरा अस्पतालमा भर्ना गरिएका उनको पिसाबमा क्रियटिनिन बढेको, चिनीको मात्रा घट्दै गएको, शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य अवस्था निकै कमजोर भएपछि उनलाई स्लाइन चढाइएको छ । डा. केसीको स्वास्थ्य अवस्थामामा सुधार नआएपछि उनलाई धनगढीमा रेफर गर्ने तयारी भइरहेको छ । उ
डा.केसीको रक्तचापमा कमी आएको र मुटुको चालमा पनि समस्या आएकोले छिटै सुविधासम्पन्न अस्पताल रेफर गर्नुपरेको हो ।
Facebook Comments