Loading...
जनकपुरमा मोदी र ओली दुइटैको पुत्ला दहन, मोदी भुमि हडप्ने ओली तमाशा हेर्ने आरोप

२४ कात्तिक, जनकपुरधाम । भारतले आफ्नो नयाँ नक्सामा नेपालको कालीपानी र लिपुलेक राख्दा पनि प्रधानमन्त्री केपी ओली चुप लागेर बसेको भन्दै आज जनकपुरधाममा दुबै देशका प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्रधी नरेन्द्र मोदीको पुत्ला एकैपटक दहन गरिएको हो । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) र जनगणतान्त्रिक मोर्चा धनुषाका नेता/कार्यकर्ताले जनकपुरको जनक चोकमा ओली र मोदीको पुत्ला जलाएका हुन् ।
भारतले नेपाली भूभागलाई जोडेर नक्सा सार्वजनिक गरिरहँदा समेत प्रधानमन्त्री ओली चुप लागेर बसेपछि दुबैको पुत्ला जलाइएको नेकपा माओवादी (क्रान्तिकारी) का धनुषा सेक्रेटरी शितल कर्णले बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *