Loading...
१२ वर्षीय बलात्कृत बालिकाको उपचार खर्च सरकारले बेहोर्ने, बलात्कारीलाइ कडा कारवाही : थापा

काठमाडौं-महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छिन् । बलात्कारका कारण गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री थापाले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएकी हुन् । उनले भनेकी छिन – बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यर्होछ र बलात्कारीको पहिचान गरी कडाभन्दा कडा कारवाही हुनेछ । बौद्विक अपाङ्गता भएकी अछाम रामारोशनकी ती बालिका घाँस, दाउरा काट्न गएको बेला जबर्जस्ती करणी परी गर्भ रहन गएको आफन्तले बताएका छन् । कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा दुई हप्ताअघि गर्भवती भएको थाहा भएपछि थापाथलीस्थित प्रसूति बालिकाको पाँच महिनाको गर्भपतन गराइएको थियोे । अस्पतालका निर्देशक डा.जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनको गर्भपतन गराएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *