Loading...
भ्रष्टाचारमा डुवेको नेता साह जातिवादको राजनीती गर्दै, मौलापुर नगरपालिका कमाई खाने भाडो

कार्तिक २५ गते काठमाडौं । संघिय सांसद तथा पुर्व मन्त्री प्रभु साह जातिवाद र नातावादको राजनीती गरिरहेका छन । सांसद साह आफना क्षेत्रका कार्यालय प्रमुखहरुमा साहलाई मात्रै ल्याएर जातिय राजनीती शुरु गरेको देखिएको छ । रौतहट क्षेत्र नं ३ बाट सांसदमा निर्वाचित साह आफना क्षेत्रका सरकारी कार्यालयहरुको प्रमुखमा साहलाई मात्रै राखेर भ्रष्टाचारमा लिप्त रहेका छन । सांसद साहको निर्वाचन क्षेत्र भित्र पर्ने मौलापुर नगरपालिकाको प्रसासकिय अधिकृतमा सिकेन्द्र साह, मालपोत कार्यालय मौलापुरका प्रमुखमा बबुनन्दन साह, मौलापुर विधुत स्वस्टेश्नको प्रमुखमा शक्ति साह, मौलापुर नगरपालिकाका स्वास्थ्य प्रमुखमा सुरेन्द्र साह, मौलापुर नगरपालिकाका शिक्षा प्रमुखमा पनि साह लगाएत अन्य कार्यालयहरुमा पनि साहै साह मात्र कर्मचारी कार्यरत रहेका छन । सांसद प्रभु साह सरकारी कार्यालयहरुको प्रमुख साहलाई मात्रै बनाएर आफना मनोपोली ढंगले कार्यालय सञ्चालन गर्न लगाएर भ्रष्टाचार गरिरहेका छन । जातिवादको राजनीती गरेर सांसद प्रभु साह आफना निर्वाचन क्षेत्रका मौलापुर नगरपालिका लगाएतका कार्यालयलाई कमाउ खाने भाडो बनाएका छन । मौलापुर नगरपालिकामा साहको निर्देशन विना कुनै काम हुँदैन । एक स्थानीयले भने त्यस नगरपालिकामा नगर प्रमुख देखी लिएर प्रसासकिय अधिकृत सहित कर्मचारीहरुमा पनि साहै साह मात्र रहेका छन त्यसैले त्यहा प्रभुको आदेश विना कुनै काम हुँदैन । योजना देखी लिएर कुनै पनि काम सांसद साहको आदेश विना कुनै पनि कर्मचारीले गर्दैनन । यती मात्रै हैन सांसद साह मौलापुर नगरपालिकालाई आफना निजी सम्पती जस्तो कब्जामा लिई आफनै कार्यकर्ता र नातागोताका मान्छेलाई सेवा सुविधा दिदै आएपनि यस बारेमा कसैले केहि बोल्न सकेको छैन । आफै भ्रष्टाचारमा चुर्लंग डुवेको नेता साह केहिदिन देखी प्रदेश २ सरकार यस्तो छ उस्तो छ भनेर कपोकल्पित, भ्रामक, तथ्यहीन र गलत अफवाह फैलाउने कार्य समेत गर्दै आएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *